मोबाइल बिगार्ने एप्लिकेसन
तँपाईले जुनै प्रकारको मोबाइल फोन प्रयोग गरे पनि विभिन्न प्रकारको एप्लिकेसन डाउनलोड गर्नु हुन्छ । तर सहजता र रमाइलोका लागी प्रयोग गरिने यी मोबाइल एप्लिकेसनका कारण छिटो मोबाइलको ब्याट्री सकिनुका साथै ब्याट्री पनि छिटो बिग्रन्छ । इन्टरनेट टेक्नोलोजी सम्बन्धी जानकारी दिने वेवसाइट म्यासेबलका अनुसार हाम्रो मोबाइलको ब्याट्री प्रमुख गरेर ९ वटा एप्लिकेसनका कारण बिग्रन्छ ।
मोबाइलको ब्याट्री छिटो सकाउने र बिगार्ने पहिलो एप्पिलकेसन क्यारेट हो । क्यारेट नामक यो एप्लिकेसनले मोबाइलमा एप्लिकेसन चलाउँदा कति ब्याट्री खर्च हुन्छ भन्ने बताउँछ । तर उ आफैंले सबैभन्दा धेरै ब्याट्री खर्च गर्छ र ब्याट्री पनि विगार्छ । हामी मध्ये धेरैले प्रयोग गर्ने फेसबुक मोबाइलको ब्याट्रीलाई छिटो हानी गर्ने दोश्रो एप्लिकेसन हो । अरु एप्लिकेसनसँग प्रयोग गर्दा आफैं रिफ्रेस हुने र भिडियो प्रयोग गरे जत्तिकै डाटा प्रयोग गर्ने हुनाले फेसबुकले धेरै ब्याट्री प्रयोग गर्छ ।
त्यस्तै गुगल म्याप र नक्सा हेर्न प्रयोग हुने यस्तै प्रकारका एप्लिकेसन ब्याट्री धेरै खर्च गर्नेमा तेस्रो नम्बरमा पर्छन् भने क्यामराको प्रयोग गर्ने एप्लिकेसन चौथो नम्बरमा पर्छन् । क्यामरा प्रयोग गर्ने एप्लिकेसनले फोटो खिचे कै दरमा ब्याट्रीको प्रयोग गर्छन् । पाँचौ नम्बरमा भने मौसम हेर्ने एप्लिकेसन रहेका छन् । ठाँउ र समय परिवर्तन भए लगत्तै रिफ्रेस हुने भएकाले यो एप्लिकेसनले धेरै ब्याट्रीको प्रयोग गर्छन् । छैटौं र सातौं नम्बरमा फेसबुकजस्तै सामाजिक सञ्जाल स्काइप र ट्वीटर छन् । फेसबुकजस्तै आर्फै रिफ्रेस हुने भएकाले यी मोबाइल एप्लिकेसनले धेरै ब्याट्री प्रयोग गर्छन् ।
त्यसपछि रेष्टुरेन्ट रहेको ठाउँ र त्यहाँ उठेको पैसा थाहा पाउन प्रयोग हुने स्काउर वालेट नामको एप्लिकेसनले विगतको समयमा कम ब्याट्रीको प्रयोग होस् भनेर केही सुधार ल्याए पनि गुगल म्यापले प्रयोग गर्ने जत्तिकै ब्याट्रीको प्रयोग गर्छ । यसले ब्याट्री बिगार्ने सम्भावना अझ धेरै छ । अन्त्यमा भने एङ्ग्री बर्ड रहेको छ । सित्तैमा खेल्न मिल्ने यो र योजस्तै अरु खेलमा विज्ञापन धेरै हुने भएकाले यी खेलले धेरै ब्याट्रीको प्रयोग गर्छन् ।
तर यदी केही सावधान रहेमा हामी यी एप्लिकेसनले गर्ने हानी कम गर्न सक्छौं । सुरुमा तँपाई कुन ठाँउमा हुनुहुन्छ भनेर पत्ता लगाउने एप्लिकेसनलाई बन्द गर्नु पर्छ । यो गरेमा मौसम बताउने र गुगल म्यापजस्ता एप्लिकेसन आफैं रिफ्रेस हुन पाउँदैनन् ।
योसँगै धेरै विज्ञापन प्रयोग गर्ने कुनै पनि एप्लिकेसन र पेज मोबाइलबाट प्रयोग नगर्दा राम्रो हुन्छ । नयाँ नयाँ विज्ञापन आइरहने भएकाले डाटा लोड गर्दा यसले धेरै ब्याट्री प्रयोग गर्छ । अर्को उपाय भने आफुलाई नचाहिएको बेला मोबाइलको नेट कनेक्सन बन्द गर्दा राम्रो हुन्छ । घरीघरी आउने नचाहिने नोटिफिकेसनलाई बन्द गर्न सके पनि मोबाइलको ब्याट्री बचाउन सकिन्छ ।
मोबाइल, क्यामरा तथा ल्यापटप पानीमा भिज्यो भने के गर्ने
विद्युतिय सामानको सुरक्षामा चनाखो बन्नुपर्छ । हामीले आफ्ना ग्याजेटमा पानी पर्न नदिनका लागि भरमग्दुर प्रयास गर्दागर्दै पनि कहिलेकाहीँ दुर्भाग्यवश पानीमा पर्नसक्छ । त्यस्तो बेलामा ग्याजेटलाई बिग्रन नदिनका लागि निम्न उपाय अपनाउनु पर्छ ।
१. तपाइँको ग्याजेइल फोन, ल्यापटप वा क्यामरा नै किन नहोस् यदि भिजिहाल्यो भने तत्काल स्विच अफ गर्नुहोस् र ब्याट्री निकाल्नुहोस् ।
२. मेमोरी कार्ड तथा सिमकार्ड लगायतका सामान पनि बाहिर निकाल्नुहोस् ।
३. ग्याजेटलाई हल्लाएर र झट्कारेर भित्र पसेको पानीलाई बाहिर निकाल्ने प्रयास गर्नुहोस् ।
४. बाहिर भागलाई सुख्खा बनाउनका लागि सुकिलो कपडा वा कागजले पुछ्नुहोस् तर खस्रो सामानले रगड्ने काम नगर्नुहोस् ।
५. ग्याजेटबाट ओसिलोपना हटाउन त्यसलाई एअर कन्डिसनरको नजिकै राख्नुहोस् तर पंखा वा हेयर ड्रायरको प्रयोग गरेर ग्याजेट सुकाउने प्रयास नगर्नुहोस् ।
६. सम्भव भए तपाइँको भिजेको मोबाइल, ल्यापटप वा क्यामरालाई केहीबेर धानको थुप्रोभित्र खुसाएर राख्नुहोस् यसो गर्दा चिस्यास सोसिन्छ । तर यसो गर्दा ग्याजेटमा धुलो र भुस पर्नबाट जोगाउनुपर्छ । केही घण्टा धानको थुप्रोमा राख्न सकियो भने चिस्यान पूरै सोसिन्छ ।
८. धान भित्रबाट ग्याजेट निकाल्नुहोस् । चिस्यान भए नभएको राम्ररी हेर्नुहोस् । कतै चिस्यान देखिएमा कान कोट्याउने बड अल्कोहल स्पि्रटमा चोपेर चिस्यान भएको ठाउँमा बिस्तारै दल्नुहोस् त्यसो गर्दा ओसिलोपना हराउँछ । त्यसपछि बिस्तारै आफ्नो ग्याजेटको स्विच अन गर्नुहोस् । उल्लेखित ८ तरिका अपनाएमा तपाइँको ग्याजेटलाई पानीले असर पूराउन पाउँदैन । तर भित्री भागमा धेरै पानी पसिसकेको वा पानीमा भिजेको लामो समय भैसकेको ग्याजेटका लागि भने यो उपाय कामयावी नहुन सक्छ ।