अर्को वर्ष मोबाइलले मान्छेलाई जित्ने

विश्वमा
अर्को वर्षसम्ममा मान्छेको जनसंख्या भन्दा मोबाइल फोनको संख्या बढि हुने
भएको छ । संयुक्त राष्ट्रसंघीय एजेन्सीको एक रिपोर्ट अनुसार सन् २०१४ को
अन्त्यसम्ममा विश्वमा मानिसको संख्या भन्दा मोबाइल फोनको संख्या बढि हुने
भएको हो । इन्टरनेशनल टेलिकम युनियनका अनुसार आगामी वर्षभरिमा विश्वमा
मोबाइल फोन ग्राहकको संख्या ७ अर्ब नाघ्नेछ । अहिले विश्वमा ६ अर्ब ८० करोड
मोबाइल फोन प्रयोगमा छन् भने विश्वको जनसंख्या ७ अर्ब १० करोड छ ।
युनियनका अनुसार विश्वमा २ अर्ब ७० करोड अर्थात् ४० प्रतिशत मानिस अहिलेे
इन्टरनेटको पहुँचमा छन् । जबकी साढे ४ अर्ब जनसंख्या अहिलेपनि अनलाइनको
पहुँच बाहिर छन् ।
पूर्व सोभियत संघ आबद्ध देशहरुमा सबैभन्दा धेरै मोबाइल घनत्व रहेको र
एकजना व्यक्तिसँग औषतमा १.७ वटा मोबाइल फोन प्रयोगमा रहेको रिपोर्टले
देखाएको छ । अफि्रकामा भने मोबाइल फोनको प्रयोग सबैभन्दा कम छ । त्यहाँ
हरेक १ सय जनामा केवल ६३ जनाले मात्र मोबाइल फोनको प्रयोग गर्ने गरेका छन् ।
अनलाइन पहुँचको हिसाबले युरोप सबैभन्दा अगाडि अर्थात् ७५ प्रतिशत छ ।
अमेरिका दोश्रो, एसिया तेश्रो तथा अफि्रका १६ प्रतिशत सहित सबैभन्दा तल्लो
स्थानमा छ ।